असोज,काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको ३०औं वार्षिक साधारण सभामिति आइतबार सम्पन्न भएको छ । सभाले लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
सभाले शेयरधनीहरुलाई आ.ब २०८०/८१ कालागि १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै यस सभाले वेैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट नबिनभक्त श्रेष्ठ र उर्मीला श्रेष्ठलाई आगामी ४ बर्षका लागि पुनःनिर्बिरोध निर्वाचित गरेको छ । आ.ब २०८१/८२ को लागि एन. अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुनःनियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।