नेपाल बैंक र नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्स बीच सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन २३, बुधबार (६ महिना अघि)
  • ४४ पटक पढिएको
नेपाल बैंक र नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्स बीच सम्झौता

असोज २३,काठमाडौँ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई नयाँ बानेश्वर र कौशलटार भक्तपुरमा रहेको नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्समा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई र बैंकमा खाता रहेका ग्राहकहरुलाई क्लिनिक को विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा बिल रकमको क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्सको तर्फबाट प्रबन्ध निर्देशक डा. श्रेया पाण्डेले हस्ताक्षर गरिन ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरु क्लिनिकबाट प्रदान गरिने Hydra Facial and Microneedling with PRP, Charcoal Peel / Chemical Peel, Mole/Wart/Skin tag removal, Face microneedling with PRP, Hair microneedling with PRP, Hair PRP/GFC, Pico Laser संग सम्बन्धित स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस