फूलपातीदेखि चितवन निकुञ्जभित्र जिप सफारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन २३, बुधबार (६ महिना अघि)
  • १५८ पटक पढिएको
फूलपातीदेखि चितवन निकुञ्जभित्र जिप सफारी

असाेज २३, काठमाडौं ।  चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षातका कारण रोकिएको जिप सफारी बिहीबार फूलपातीका दिनदेखि सुरु गरिने भएको छ । हरेक वर्षझैँ यसवर्ष पनि असार १६ गतेदेखि निकुञ्जभित्रको सफारी रोकिएको थियो ।

लामो समय वर्षात भएका कारण निकुञ्जभित्रको सडक र पुल मर्मत एवं झाडी सफा गर्ने काम गर्न कठिन भएपछि केही ढिला गरी निकुञ्ज खोलिएको हो । गत वर्ष असोज १६ गतेदेखि जीप सफारी खुल्ला गरिएको थियो । निकुञ्ज बाहिरका सामुदायिक वनमा भने वर्षातमा समेत पर्यटकीय गतिविधि हुने गर्दछ ।

ताजा अपडेट

खोजी गर्नुहोस