सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक १, बिहिबार (६ महिना अघि)
  • १०१ पटक पढिएको
सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको कतिमा हुँदैछ कारोवार ?

कार्तिक १, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६२ हजार ४ सय पुगेको हो ।

यसअघि बुधबार सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस