सुनचाँदी

सुनको मूल्यमा लगातार नयाँ कीर्तिमान, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक ७, बुधबार (६ महिना अघि)
  • १०२ पटक पढिएको
सुनको मूल्यमा लगातार नयाँ कीर्तिमान, तोलाको कतिमा हुँदैछ कारोवार ?

कार्तिक ७, काठमाडौँ । सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन तोलाको १८ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार ७ सय पुगेको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ६५ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर २१३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस