सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलाको १ लाख ६८ हजार ५ सय रूपैयाँमा कारोबार हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक १३, मंगलबार (५ महिना अघि)
  • ६० पटक पढिएको
सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलाको १ लाख ६८ हजार ५ सय रूपैयाँमा कारोबार हुँदै

कार्तिक १३, काठमाडौँ । सुनको मूल्यले दिनहुँ उच्च मूल्यको रेकर्ड बनाइरहेको छ । आज पनि छापावाल सुनको मूल्य तोलाको १ लाख ६८ हजार ५ सय रूपैयाँमा कारोबार हुँदै रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारको तुलनामा तोलामा १ हजार ५ सय रूपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो ।
यसअघि यही आइतबार तोलाको १ लाख ६७ हजार ४ सय रूपैयाँमा कारोबार हुँदै सुनको मूल्यले रेकर्ड बनाएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ४० रूपैयाँले बढेर २ हजार १ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस