तिहारपछिको शेयरबजार स्थिर, कारोबार चार अर्ब नाघ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक २०, मंगलबार (५ महिना अघि)
  • ९५ पटक पढिएको
तिहारपछिको शेयरबजार स्थिर, कारोबार चार अर्ब नाघ्यो

कात्तिक २०,काठमाडौँ । तिहार सकिएपछि खुलेको शेयर बजारस्थिर देखिएको छ । शेयर बजार आज शून्य दशमलव २१ अङ्कले घटेर दुई हजार ६ सय ७७ दशमलव ४० विन्दुमा झरेको छ । तिहार बिदा शुरू हुनुअघि नेप्से दुई हजार ६ सय ७७ दशमलव ६२ विन्दुमा रहेको थियो ।

आज फाइनान्स, होटल, जलविद्युत्, बीमा, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज सुपर माई हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै समाज लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर र गुराँस लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार खासै घटबढ नभएको दिन मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम घटेको छ । तिहार बिदाअघि पाँच अर्ब ९५ करोडको शेयर कारोबार भएकोमा आज तीन सय दुई वटा कम्पनीका ९७ लाख १३ हजार कित्ता शेयर चार अर्ब २० करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २९ करोड रुपैयाँको शेयर किनबेच भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस