सुनचाँदीको भाउ बढ्यो, आज तोलाको कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक २१, बुधबार (५ महिना अघि)
  • ८५ पटक पढिएको
सुनचाँदीको भाउ बढ्यो, आज तोलाको कतिमा हुँदैछ कारोबार ?

कार्तिक २१, काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज नेपाली बजारमा सुन प्रतितोला ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको हो । मंगलबार सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घट्दै २ हजार १५ रुपैयाँमा सीमित भएको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ३० रुपैयाँमा कारोबार भईरहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस