सुन तोलामा एकै दिन ४ हजारले घट्यो, प्रति तोला मूल्य कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक २२, बिहिबार (५ महिना अघि)
  • ८४ पटक पढिएको
सुन तोलामा एकै दिन ४ हजारले घट्यो, प्रति तोला मूल्य कति ?

कार्तिक २२, काठमाण्डौँ । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार हजार रुपैयाँ घटेको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य तोलामा एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस