शेयर बजार

आजको शेयर बजारमा हरियाली, नेप्से १३.९५ अंकले बढ्यो, कारोवार रकम कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक २९, बिहिबार (५ महिना अघि)
  • ९२ पटक पढिएको
आजको शेयर बजारमा हरियाली, नेप्से १३.९५ अंकले बढ्यो, कारोवार रकम कति ?

कार्तिक २९, काठमाण्डौँ । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से आज भने बढेको हो । आज नेप्से परिसूचक १३.९५ अंक बढेर २७४८.७८ विन्दुमा पुगेको छ ।

त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.३३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंक बढेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन करिब ८ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको १ लाख १ हजार ५४५ पटकको कारोबारमा १० अर्ब ३२ करोड ३ लाख रुपैयाँ बराबरको २ करोड १६ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

#शेयर बजार

 

ताजा अपडेट

खोजी गर्नुहोस