सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक ३०, शुक्रबार (५ महिना अघि)
  • ६३ पटक पढिएको
सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

कार्तिक ३०, काठमाण्डौँ । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन भने सुनको कारोबार १ लाख ६० हजारमा भएको थियो । त्यसदिन सुनको मूल्यमा २२ सयको गिरावट आएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९१० रुपैयाँ कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस