बैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनु पर्छ : गभर्नर अधिकारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक ३०, शुक्रबार (५ महिना अघि)
  • ७७ पटक पढिएको
बैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनु पर्छ : गभर्नर अधिकारी

|नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काठमाडौँको नयाँबानेश्वरमा आइतबार नेपाल आर्थिक पत्रकार समाजको २६औँ वार्षिक साधारणसभामा मन्तव्य राख्दै । तस्बिरः हरिराम भेटुवाल/रासस

कार्तिक ३०, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको निर्देशनभित्र रहेर प्रतिस्पर्धी र व्यावसायिक बैंकिङ कारोबारमार्फत जनताको विश्वास जित्न आग्रह गरेका छन् । नेपाल बैंक लिमिटेडको ८८औं वार्षिकोत्सव समारोहमा उनले वित्तीय अनुशासन कायम गर्दै प्रतिस्पर्धात्मक बैंकिङ कारोबारमार्फत सेवालाई चुस्त र प्रभावकारी बनाउनु पर्ने खाँचो औंल्याए ।

गभर्नर अधिकारीले नेपाल बैंकले आफ्नो सेवा सुविधाहरूलाई थप विस्तार एवं नवप्रवर्तन गरी समयानुकूल प्रविधिमैत्री बैंकिङलाई आत्मसात् गर्दै आर्थिक विकास तथा रोजगारी सृजनामा अझ सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले डिजिटल बैंकिङमा देखिएका चुनौतीलाई सामना गर्दै विश्वसनीय र प्रभावकारी बैंकिङ सेवा प्रदान गर्ने दायित्वबाट कहिल्यै बिमुख नहुन आग्रह गरे ।

‘विगतमा कमजोर व्यवस्थापनका कारण समस्यामा परेका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई जोगाएर उल्लेखनीय प्रगति हासिल गर्ने बैंकको रूपमा स्थापित भएको छ । यो बैंक धेरै दुःख गरेर ‘रिकभर’ भएको बैंक हो । राज्य र नियामकले ठूलो लगानी र जोखिम मोलेर बाह्य ऋण समेत लिएर बैंकको रिकभर गरेको हो । त्यसैले जुन किसिमका नीति नियमन, निर्देशिका बने त्यसको प्रभावकारी कार्यान्यवनले नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरे । फेरि ‘मिस म्यानेजमेन्ट’ का कुरा सुनिन थालेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस