सुनको भाउ आज फेरि बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर ४, मंगलबार (५ महिना अघि)
  • ५९ पटक पढिएको
सुनको भाउ आज फेरि बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

मंसिर ४, काठमाडौँ । दुई साता निकै ओरालो लागेको सुनको भाउ आज ह्वातै बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै दुई हजार रुपैयाँ बढेको छ । आज चाँदी पनि महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ बढेर एक लाख ६२ हजार एकसय रुपैयाँ पुगेको छ । हिजो सुनको मूल्य एक लाख ६० हजार एकसय रुपैयाँ थियो । गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

त्यसयताका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटेको थियो । सोमबार तोलामा एकसय रुपैयाँ मात्रै बढेको सुनको मूल्य आज तोलामै दुई हजार बढेको हो । आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ । हिजो एक हजार नौसय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार नौसय ५५ रुपैयाँ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस