नेशनल लाईफले ग¥यो बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर १०, सोमबार (४ महिना अघि)
  • ६७ पटक पढिएको
नेशनल लाईफले ग¥यो बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान

मंसिर १०, काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले काठमाण्डै स्थित स्मार्ट दरबारमा बागमती प्रदेशबाट आर्थिक वर्ष २०८०÷८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ६१० जना भन्दा बढि अभिकर्ताहरु, विभागिय प्रमुख, कम्पनीका बागमती प्रदेशका प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्नुहुँदै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेश बाट आफ्नो कोडमा र संजलमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस