एलआईसी नेपालको हकप्रदमा आजदेखि खरिद आवेदन दिन सकिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर १२, बुधबार (४ महिना अघि)
  • ५९ पटक पढिएको
एलआईसी नेपालको हकप्रदमा आजदेखि खरिद आवेदन दिन सकिने

मंसिर १२, काठमाण्डौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासनको बिक्री आवेदन खुल्ला गरेको छ । कम्पनीले चुक्तापूँजीको १ः०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गरेको हो ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक ९ गते बुक क्लोज गरेको थियो । यसर्थ कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन् । लगानीकर्ताले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ, लाइफ इन्स्योरेन्स कर्पोरेशनको प्रधान कार्यालय र सम्पूर्ण शाखा कार्यालय तथा आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन् ।

यो हकप्रद खरिदका लागि आगामी पुस २ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस