सुनको भाउ आज फेरि बढ्यो, तोलाको कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर १४, शुक्रबार (४ महिना अघि)
  • ९६ पटक पढिएको
सुनको भाउ आज फेरि बढ्यो, तोलाको कति पुग्यो ?

मंसिर १४, काठमाडौँ । हिजो घटेको सुनको भाउ आज उकालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ४९ हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो । सरकारले भन्सारदर घटाएपछि यो साता सुनचाँदीकै भाउमा उच्च गिरावट आएको छ । गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस