नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर १८, मंगलबार (४ महिना अघि)
  • ५७ पटक पढिएको
नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

मंसिर १८, काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कं.लि.ले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सिइओ” कार्यक्रम सम्पन्न गरेकोछ ।

लुम्विनी प्रदेशबााट योग्य भएका करिब ५५ जना अभिकर्ताहरु, विभागिय प्रमुख, एवं लुम्विनी प्रदेश अन्तर्गत रहेका शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृतज्यू ले लक्ष्य पुरा गर्ने सबै अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो साथै स्किमा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिपिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो ।
प्रमुख कार्यकारी अधिकृतज्यूले यस कार्यक्रममा छनौट हुने सम्पुर्ण अभिकर्ताहरुलाई प्रदेश स्तरिय सम्मान गर्ने क्रममा लुम्विनी प्रदेशबाट छनौट हुने अभिकर्ताहरुलाई सम्मान गर्नुभएको हो ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र नेपालभर बाट ३०० भन्दा बढि अभिकर्ताहरु छनौट भएकोमा लुम्विनी प्रदेशबाट मात्रै ५५ जना अभकिर्ताहरु छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पुर्ण अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गर्नुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस