अण्डको भाउ बढेपछि उपभोक्ता मारमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर २२, शनिबार (४ महिना अघि)
  • ८० पटक पढिएको
अण्डको भाउ बढेपछि उपभोक्ता मारमा

मंसिर २२,काठमाडौँ । अण्डाको भाउ फेरि बढेको छ । भाउ बढेसंगै उपभोक्ता भने मारमा परेका छन् । आज शनिबारदेखि लागू हुने गरी अण्डाको भाउ बढेको हो । ठूलो अण्डाको फाम मूल्य प्रतिक्रेट अर्थात् ३० वटाको चार सय ७० र मझौलाको चार सय ५५ रुपैयाँ कायम गरिएको छ ।

नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अण्डाको भाउ बढेको बताए । उनका अनुसार यसअघि अण्डाको भाउ पाँच सय पाँच रुपैयाँसम्म पुगेर क्रमशः घटेको थियो । भाउ बढेपछि किसान भने उत्साहित बनेका छन् ।

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेकाले पूर्ववत् अवस्थामा अण्डाको भाउ बढेको बताए । उनका अनुसार दैनिक २२ लाख गोटा हाराहारीमा अण्डा उत्पादन हुँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस