३५ प्रतिशतले घट्यो नेपालबाट बाहिरिने रेमिट्यान्स, विदेशी कामदरले कति लैजान्छन् ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष ४, बिहिबार (४ महिना अघि)
  • ६२ पटक पढिएको
३५ प्रतिशतले घट्यो नेपालबाट बाहिरिने रेमिट्यान्स, विदेशी कामदरले कति लैजान्छन् ?

पौष ४, काठमाडौँ । नेपालबाट औपचारिक रुपमा बाहिरिने रेमिट्यान्स झन्डै ३५ प्रतिशत घटेको छ ।
नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

नेपाल भित्रने रेमिट्यान्स बढ्दो क्रममा देखिएता पनि यहाँबाट औपचारिक रुपमा बाहिरिने रेमिट्यान्स भने घट्न थालेको छ ।

चालु आवको चार महिनामा नेपालबाट २ अर्ब ५ करोड ५४ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ । तर, यो गत आवको सोही अवधिको तुलनामा भने ३४.८८ प्रतिशत कमी हो । गत आवको साउनदेखि कात्तिकसम्म नेपालबाट ३ अर्ब १५ करोड ६७ लाख बढी रेमिट्यान्स नेपालबाट औपचारिक रुपमा बाहिरिएको छ । चालु आवको चार महिनामा १ करोड ५२ लाख अमेरिकी डलर रेमिट्यान्स नेपालबाट बाहिरिएको छ । गत आवको सोही अवधिमा पनि यस्तो रकम २ करोड ३८ लाख अमेरिकी डलरमा बाहिरिएको थियो ।

नेपालमा विश्वका विभिन्न मुलुकबाट नेपालमा पनि काम गर्न आउँछन् । उनीहरुले श्रम स्वीकृति लिएर काम गर्न आउने गरेका छन्, विदेशी कामदारहरुले आफ्नो मुलुकमा पैसा पठाउने गरेका छन् । विदेशी कामदार आफ्नो कुल कमाइएको २५ प्रतिशत भने नेपालमै खर्च गर्नुपर्ने प्रावधान छ । तर, ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन सक्छन् । सोही प्रावधान अनुसार नै उनीहरु आफ्ना मुलुकहरुमा औपचारिक रुपमा रेमिट्यान्स पठाइरहेका हुन्छन् ।

हाल नेपालका ठुला ठुला आयोजना तथा विदेशी लगानीका कम्पनीहरुमा विदेशी नै कर्मचारीहरु छन् । विशेषगरि जलविद्युत आयोजनाहरुमा ठुलो संख्या विदेशी कर्मचारी आउने गरेका छन् । अधिकांश जलविद्युत आयोजनाहरुमा पनि चिनियाँ, भारतीय कामदारहरु आउने गर्छन् । ती कामदारहरुले यहाँ कमाएर आफ्नो देशमा रेमिट्यान्स पठाउछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस