आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष ४, बिहिबार (४ महिना अघि)
  • ६९ पटक पढिएको
आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

पौष ४, काठमाडौँ । नेपाली बजारमा आजपनि सुनको मूल्य तोलामा एक हजार ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि ५५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस