३६८ वटा प्रोजेक्टका लागि २० अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता, कुन क्षेत्रमा कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष ४, बिहिबार (४ महिना अघि)
  • ७७ पटक पढिएको
३६८ वटा प्रोजेक्टका लागि २० अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता, कुन क्षेत्रमा कति ?

पाैष ४,  काठमाण्डाैँ । पाँच महिनामा २० अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले उपलब्ध गराएको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको साउनदेखि मंसिरसम्ममा ३६८ परियोजनाका लागि २० अर्ब १८ करोड ८४ लाख ७२ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) क्षेत्रका अर्थात् स्वचालित प्रणाली, स्वीकृति र सेयर खरिद लगायतमा विदेशी लगानीकर्ताले उक्त परिमाणको लगानी भित्र्याउने प्रतिबद्धता जनाएका हुन् ।

तर, यो गत आवको सोही अवधिको तुलनामा भने १७.११ प्रतिशत कमी हो । गत आवको मंसिर मसान्तसम्ममा २४ अर्ब ३५ करोड ७२ लाख ३७ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।

चालु आवको पहिलो पाँच महिनामा स्वचालित प्रणालीबाट १३८ परियोजनाका लागि २ अर्ब १३ करोड १ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता भएको छ । विभागका अनुसार स्वीकृत लिएर अर्थात् अप्रुभल रुट मार्फत १८१ वटा परियोजनाका लागि १८ अर्ब ६४ करोड ७२ लाख ५६ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो ।

यता, सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) क्षेत्रका ४९ वटा उद्योगका लागि १ अर्ब ५४ करोड १२ लाख १५ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस