पुस ९,काठमाडौँ । नेपाल राष्ट्र बैँकले तरलता व्यवस्थापनको लागि बैँकिङ प्रणालीबाट थप ४० अर्ब तान्ने भएको छ ।
बैँकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैँकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरणमार्फत २१ दिनको लागि तान्न लागेको हो ।
राष्ट्र बैँकले तरलता फालाफाल भएका बैँक तथा वितिय संस्थासंग प्रस्ताव मागेको छ ।
राष्ट्र बैँकले पुस २ यता मात्र १ खर्ब २० अर्ब १५ करोड रुपैयाँ उठाइसकेको छ ।