पुस १३,धादिङ । धादिङको सफल सहकारीको रुपमा चिनिने नवज्योति बचत तथा ऋण सहकारी संस्थाले १८ औं साधारण सभा गरेको छ । धुनिबेशी नगरपालिका ६ धार्केमा रहेको सहकारी संस्थाले आज शनिवार १८ औ साधरण सभा सम्पन्न गरेको हो । कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्ष समितिका संयोजक गणेशकुमार रेग्मीले आर्थिक वर्ष २०८० श्रावण १ गतेदेखि २०८१ आषाढ मसान्तसम्मको कारोबारको जानकारी दिए ।
वि.स २०६३ सालमा स्थापना भएको सहकारीकोे शेयर पुँजी २ करोड ४८ लाख ५३ हजार ८ सय रुपैयाँ, बचत रकम १८ करोड २७ लाख ८१ हजार ३२१ रुपैयाँ, ऋण लगानी १३ करोड ५७ लाख ५७ हजार ३२ रुपैयाँ, बैक मौजात १० करोड ६० लाख ६३ हजार ७४० रुपैयाँ, जम्मा आम्दानी २ करोड ४३ लाख ५१ हजार ३७२ रुपैयाँ , ब्याज सहितको खर्च १ करोड ५९ लाख ९० हजार १९५ रुपैयाँ, ह्रासकट्टि र कर बापतको खर्च ११ लाख ९२ हजार ७७९ रुपैयाँ , आम्दानी रकम ७१ लाख ६८ हजार ३९६ रुपैयाँ रहेको सहकारीको कुल पँजी तथा दायित्व २५ करोड ६२ लाख ८३ हजार ६५८ रुपैयाँ रहेको छ ।
२०८१ अषाढ मसान्त सम्म जम्मा २१८३ शेयर सदस्य रहेकोमा आगामी अषाढ मसान्त सम्ममा ३,००० पुर्याउने लक्ष्य सहकारीले लिइएको छ । साधरण सभामा सहकारी संस्थाद्वारा उत्कृष्ट वचतकर्ता, जेष्ठ नागरिक वचतकर्ता, बाल वचतकर्ता,उत्कृष्ट मासिक वचतकर्ता लगायतलाई सम्मान पत्र वितरण गरिएको सहकारीका अध्यक्ष अर्जुन आचायले बताए ।
सहकारी संस्थाका सचिव कृष्ण कुमार हमालले संचालन गरेका थिए । साधारण सभामा संस्थाका अध्यक्ष अध्यक्ष अर्जुन आचार्यको अध्यक्षता थियो भने धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्यको बिशेष आतिथ्यता रहेको थियो । २०५० सालमा साबिकको केबलपुर गा.बि.स भोटेडाडाको ग्रामीण भेगमा १३ जना कृषक, शिक्षक, ब्यापारी, तथा सामजिक अगुवाहरुले श्री नवज्योति कृषक तथा युवा समूह स्थापना गरि मासिक २५ रुपैयाँ जम्मा गरेर सुरु गरेको समूह पछि २०६३ असार २९ गते विधिवतरुपमा दर्ता गरि श्री नवज्योति बचत तथा ऋण सहकारी सस्था साबिकको नौबिसे १ धार्के तथा हाल धुनिबेशी नगरपालिका ६ धार्केमा रहने गरि कारोबार गर्दै आएको छ ।