सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष १४, आईतबार (३ महिना अघि)
  • ५८ पटक पढिएको
सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पौष १४, काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी पनि प्रतितोला २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस