पुस २२,काठमाडौँ । सोमबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४९.१२ अंक बढेसँगै २६४० अंकमा पुगेको छ ।
परिसूचकसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३० करोडको भयो ।
२२६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ४ को स्थिर रह्यो । सबै सेक्टरका सूचक बढे । हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै ३.५५ प्रतिशत बढेको छ।