२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानी हुँदा ४० खर्ब स्वदेशमै रहनेछ : अध्यक्ष कार्की

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष २३, मंगलबार (३ महिना अघि)
  • ४९ पटक पढिएको
२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानी हुँदा ४० खर्ब स्वदेशमै रहनेछ : अध्यक्ष कार्की

पौष २३, काठमाण्डौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले २८ हजार ५०० मेगावाट उत्पादनका लागि ६५ खर्ब लगानी हुँदा त्यो मध्ये ४० खर्ब रुपैयाँ स्वदेशमै रहने बताएका छन् । लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा हस्ताक्षर समारोहमा बोल्दै अध्यक्ष कार्कीले उक्त कुरा बताएका हुन् ।

उनले १० वर्षभित्र स्वदेशी उत्पादन सिमेन्ट डन्डी लगायतका हाइड्रोपावर बनाउँदा चाहिने कच्चापदार्थ र रोजगारीमा ४० खर्ब रुपैयाँ खर्च भई नेपालकै अर्थतन्त्र माथि उठ्ने बताएका हुन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा ४०० मेगावाट भारत निर्यात सम्झौताबाट शुरु भएको नेपालको अन्तरदेशीय विद्युत व्यापारको श्रृंखला पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा १० हजार मेगावाट निर्यातको दीर्घकालीन सम्झौता हुँदै अहिले बंगलादेशमा ४० मेगावाट निर्यात शुरु र हालसालै १५ हजार मेगावाट निर्यात उद्देश्यसहित २८ हजार ५०० मेगावाटको मार्गचित्र अघि बढाउँदा नेपालको ऊर्जा क्षेत्रको भविष्य सुन्दर देखाएको कार्कीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्कासहित सिंगो मन्त्रिपरिषद् सकारात्मक भएको बेला ऊर्जा क्षेत्रको विकास नभए नेपालमा कहिल्यै पनि यो क्षेत्रको विकास नहुने कार्कीले ठोकुवा गरे । २८ हजार ५०० मेगावाटको मार्गचित्र पास भएको छ, यसले फरक सन्देश दिएको छ । तर, विद्युत विधेयक यो लक्ष्यको विपरीत भएकोले त्यसलाई संशोधन गरेर मात्रै पास गर्नुपर्ने पनि उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस