स्काईवाक टावरको अध्यक्षमा सिंह र प्रबन्ध निर्देशकमा पाण्डे चयन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष २६, शुक्रबार (३ महिना अघि)
  • १५० पटक पढिएको
स्काईवाक टावरको अध्यक्षमा सिंह र प्रबन्ध निर्देशकमा पाण्डे चयन

पुस २६,काठमाडौँ । काठमाडौँको कमलादीस्थित वोन्डर्स नेपाल प्रालिले आफ्नो सातौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रबेन्द्र पोखरेलको अध्यक्षतामा स्काईवाक नेपाल कमलादी परिसरमा आज (शुक्रबार) साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा आर्थिक वर्ष २०८०र८१ को वित्तीय विवरण पारित गरिएको छ । साथै, अतिरिक्त कम्पनीको व्यवसायिक योजना, कम्पनीलाई पब्लिक लिमिटेडमा परिवर्तन गरी आइपिओ जारी गर्ने प्रक्रियामा जाने प्रस्ताव सर्बसम्मतिले पारित गरिएको छ ।

कम्पनीले संचालक समितिको पुर्नगठन समेत गरेको छ । अध्यक्षमा तेज बहादुर सिंह र प्रबन्ध निर्देशकमा बिष्णुहरि पाण्डेलाई सर्वसम्मतीले चयन गरेको हो । साधरणसभामा कम्पनीका प्रबन्ध सञ्चालक पदमप्रसाद न्यौपानेले स्वागत मन्तव्य राखेका थिए ।

कम्पनीका नवनियुक्त प्रबन्ध निर्देशक पाण्डे शैक्षिक संस्था, बैंकिङ क्षेत्र लगाएतका संस्थाहरूमा अनुभव बटुलिसकेका छन् ।

स्काईवाक टावरमा ३६० डिग्री भ्यू देखिने गरी रेस्टुरेन्ट र क्लब निर्माण भइसकेको छ । चाँडै नै सिटी बन्जी जम्पको तयारी पनि गरिएको कम्पनीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस