सर्वाेत्तम सिमेन्टको छैटौ वार्षिक साधारण सभा सम्पन्न, बोनस र लाभांश कति दिदैछ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष २६, शुक्रबार (३ महिना अघि)
  • १०७ पटक पढिएको
सर्वाेत्तम सिमेन्टको छैटौ वार्षिक साधारण सभा सम्पन्न, बोनस र लाभांश कति दिदैछ ?

पुस २६,रुपन्देही । सर्वाेत्तम सिमेन्ट लिमिटेडको छैटौबार्षिक साधारण सभा रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा आज सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व.२०८०/०८१ को वित्तीय विवरण, आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्ताव पारित गरेको छ ।

कम्पनीले आफ्नो चुक्ता पुँजीकोको ७ प्रतिशतका दरले हुन आउने बत्तिस करोड पच्चपन्न लाख रुपैयाँ बराबरको बोनश शेयर र चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने तेह्र करोड पन्चानब्ये लाख रुपैया (लाभांश कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ

ताजा अपडेट

खोजी गर्नुहोस