पौष २८, काठमाण्डौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवाका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सो सम्झौता बमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र नेपाल बैंक लिमिटेडका ग्राहकहरुलाई टिकट शुल्कमा ८ प्रतिशत र नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई ऋबचनय क्भचखष्अभ मा ३० प्रतिशतले छुट हुने भएकोे छ । सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ्ग निर्देशक श्री रुपेश जोशीले हस्ताक्षर गरे ।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले बुद्ध एयरबाट प्रदान गरिने हवाई साथै ऋबचनय क्भचखष्अभ का विभिन्न शुल्कमा विशेष छुट सहित प्राप्त हुने सेवावाट लाभान्वित हुन सक्नेछन् ।