गुरु ट्राभल्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ १, मंगलबार (३ महिना अघि)
  • १०३ पटक पढिएको
गुरु ट्राभल्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

माघ १,काठमाडौँ ।  नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा काठमाडौंको जमलस्थित एल्लो प्यागोडा होटलमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष  विज्ञान राज शर्माको अध्यक्षतामा, संस्थापक शेयरधनीहरू, पर्यटन क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, र विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको थियो। सभाको उद्घाटन अध्यक्ष  विज्ञान राज शर्मा, वरिष्ठ सल्लाहकार तथा शेयरधनी, अमेरिकाका लागि महामहिम महावाणिज्यदूत  प्रेमराजा महत र  युकेका लागि पूर्व काउन्सिलर तथा महावाणिज्यदूत, अनुभवी र प्रसिद्ध उद्यमी, नेपालको जलविद्युत् र पर्यटन उद्योगका लगानीकर्ता  पशुपति भण्डारीले संयुक्त रूपमा पानसमा बत्ति बालेर गरेका थिए ।

अध्यक्षको स्वागत मन्तव्यपछि संस्थाका सञ्चालक प्रमुख कार्यकारी अधिकृत नबराज धरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा कम्पनीले स्थापनाकालदेखि सन्तोषजनक प्रगति गर्दै आएको र भविष्यमा अझ गुणस्तरीय सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता व्यक्त गरियो। प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले त्यसपछि कार्यालयमा सम्पन्न विविध गतिविधिहरूको विस्तृत प्रस्तुति दिए ।

सभामा आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू प्रस्तुत गरिए, जुन शेयरधनीहरूको सर्वसम्मतिले पारित गरिएको थियो ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा “Invest on Travelling” Award प्रदान गरियो, जसअन्तर्गत संस्थाको व्यापार ब्यबसाय प्रवर्द्धनमा उत्कृष्ट योगदान पुर्‍याउने शेयरधनीलाई सम्मानित गरिएको थियो। उक्त पुरस्कार पशुपती भण्डारी, बेनिन्द्र कटुवाल ,लक्ष्मि गुरुङ ,दिनेश थापा ,विनय अमात्य ज्युहरूलाई प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा कम्पनीका निर्देशक  क्रिष दंगोलले धन्यवाद ज्ञापन गर्दै सबै सहभागीहरूको भूमिका र सहयोगप्रति आभार व्यक्त गरेका थिए । सभाको समापनपछि सहभागीहरूको लागि रात्रिभोजको समेत व्यवस्था गरिएको थियो। यस भव्य कार्यक्रमले गुरु ट्राभल्स लिमिटेडको प्रगति, प्रतिबद्धता, र पर्यटन क्षेत्रको भविष्यप्रतिको दृष्टिकोणलाई थप उजागर गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस