प्रतिकित्ता रु १४५ मै सानिमा बैंकको शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ ३, बिहिबार (३ महिना अघि)
  • ७० पटक पढिएको
प्रतिकित्ता रु १४५ मै सानिमा बैंकको शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

माघ ३, काठमाडौँ । सानिमा बैंक लिमिटेडले सर्वसाधारणले किन्न पाउने गरी ४९ हजार ५० कित्ता शेयर बिक्रीमा राखेको छ ।
शेयरको न्यूनतम मूल्य भने प्रतिकित्ता १४५ रुपियाँ तोकिएको छ ।

यो शेयर संस्थापक शेयरधनीलगायत जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । बैंकले यसअघि नै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखिसकेको छ ।

इच्छुक खरिदकर्ताले आवश्यक कागजातसहित आफूले खरिद गर्ने शेयरको मूल्यसमेत खुलाई १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस