निरन्तर बढ्दै सुनको मूल्य, आज प्रतितोला कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ ४, शुक्रबार (३ महिना अघि)
  • ६४ पटक पढिएको
निरन्तर बढ्दै सुनको मूल्य, आज प्रतितोला कतिमा हुँदैछ कारोवार ?

४ माघ, काठमाण्डौँ । नेपाली बजारमा शुक्रबार सुन-चाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुन प्रतितोला १ हजार ३ सय र चाँदी १० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । आज तोलामा १० रुपैयाँ बढेसँगै चाँदी १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

#सुन-चाँदी

ताजा अपडेट

खोजी गर्नुहोस