सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ ६, आईतबार (३ महिना अघि)
  • ५५ पटक पढिएको
सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

माघ ६, काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनको मूल्य घटेको छ । सुन प्रतितोला आठ सय र चाँदी प्रतितोला ३० घटेको हो । गत शुक्रबार प्रतितोला एक लाख ५७ हजार नौ सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५७ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला रू एक हजार आठ सय ६० मा कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ९० मा खरिद बिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस अमेरिकी डलर १६ दशमलव २५ ले घटेर दुई हजार सात सय तीन दशमलव दुई कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस