गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, १ लाख ८४ हजार बढीले पाए सेयर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ ६, आईतबार (३ महिना अघि)
  • ७२ पटक पढिएको
गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, १ लाख ८४ हजार बढीले पाए सेयर

माघ ६, काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ आज बिहान बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज कम्पनीको आईपीओ बाँडफाँड भएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । कम्पनीको आईपीओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकबाट २ करोड ३२ लाख २ हजार ५४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।

यसमध्ये १८ लाख २२ हजार ४०५ कित्ता सदर भएको र ८ हजार ४५२ आवेदन बदर भएको छ यसरी कुल सदर आवेदकबाट २ करोड ३० लाख ३५ हजार ७३० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ । कम्पनीले गत पुस १९ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।

कुल सदर आवेदकमध्ये १ लाख ८४ हजार ५०० जनालाई १० कित्ताका दरले १८ लाख ४५ हजार कित्ता सेयर बाँडफाँड गरिएको छ । यसरी बाँकी १६ लाख ३७ हजार ९०५ सदर आवेदकको हात भने खाली भएको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरो शेयर एकाउन्ट बाट आईपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस