राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ १०, बिहिबार (२ महिना अघि)
  • ६७ पटक पढिएको
राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

माघ १०, काठमाण्डौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसद पौडेलको प्रमुख आतिथ्यतामा माघ १० गते, बिहीबार एक समारोहकाबीच सम्पन्न भएको छ । कार्यक्रममा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र केही समयदेखि दबाबमा रहेको तर अहिले सुधार हुँदै गएको बताएका थिए । अहिलेको बढ्दो तरलतालाई बैंकले उत्पादन र रोजगारी सृजनामा अगाउन आग्रह गर्दै औसत कार्य भन्दा असाधारण कार्य गर्नको लागि अनुरोध गरे ।

उहाँले राष्ट्रिय वाणिज्य बैंक परिवारलाई अरु बैंकलाई उछिन्ने गरी कार्य गर्नका लागि शुभकामना दिए । प्रमुख अतिथि एवं माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसद पौडेलले बैंकको ६० औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार २०८१ विमोचन गरेका थिए । बैंकको ६० औं वार्षिककोसवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकका हालै सञ्चालनमा आएका २७ वटा शाखा कार्यालयहरुको बटम थिचेर डिजिटल माध्यमबाट औपचारिक रुपमा उद्घाटन गरे । प्रमुख अतिथि एवं माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसद पौडेलले कार्यक्रममा कोहलपुर र महेन्द्रनगरमा नवनिर्मित भवनहरुको स्वीच थिचेर डिजिलट माध्यमबाट उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रमका साथै उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट÷उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न आरोह आवरोह पार गर्दै आएको यो बैंकको अहिलेको अवस्था गर्व गर्न लायक भएको बताएका थिए । यो बैंकको पुँजीको विकासको लागि आउने प्रस्ताव प्रति राष्ट्र बैंक उदार रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस