आइसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ १३, आईतबार (२ महिना अघि)
  • ६७ पटक पढिएको
आइसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

माघ १३, काठमाण्डौँ ।  आइसीएफसी फाइनान्स लिमिटेडले बिक्री खुला गरेको ३० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले माघ ९ गतेदेखि ऋणपत्र खुला गरेको थियो जसमा अवेदन दिने आज अन्तिम दिन रहेको छ।

प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३ लाख इकाई ऋणपत्र जारी गरेको हो। यसमध्ये १ लाख ८० हजार इकाई कम्पनीले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने जनाएको छ।

फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। सोमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

यस ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ। यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गरेको छ। यस ऋणपत्रमा माघ १३ गतेसम्म आवेदन दिन पाइनेछ।

ताजा अपडेट

खोजी गर्नुहोस