माघ १६ र १७ गते देशभर सार्वजनिक, सेयर कारोबार नहुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ १३, आईतबार (२ महिना अघि)
  • ६९ पटक पढिएको
माघ १६ र १७ गते देशभर सार्वजनिक, सेयर कारोबार नहुने

माघ १३, काठमाडौँ । सरकारले माघ १६ र १७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
राजपत्रमा प्रकाशित सूचना अनुसार माघ १६ गते सहिद दिवस र माघ १७ गते सोनम ल्होसारको अवसरमा देशभर बिदा रहने भएको हो । सहिद दिवसका दिन राष्ट्रप्रति जीवन अर्पण गर्ने शहिदहरूको सम्झनामा देशभर श्रद्धाञ्जलि अर्पण गरिनेछ भने सोनम ल्होसारका अवसरमा ल्होपा समुदायले आफ्नो नयाँ वर्ष पर्व मनाउने छन् ।

बिदासँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार लगायतका प्रमुख सार्वजनिक सेवा प्रदायक संस्थाहरू बन्द रहनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस