माघ १६, काठमाडौँ । नेपाली बजारमा केहि दिनदेखि ओरालो लागिरहेको सुनको भाउ फेरि उकालो लागेको छ । नेपाली बजारमा आज सुनको मूल्य भारी वृद्धि भएको छ । सुन एक हजार चार सय रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
आज सुन प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी पनि केही बढेर एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । मंगलबार चाँदी एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।