नेपाल टेलिकमको एक वर्षको मुनाफा ६ अर्ब २३ करोड – कुल आय ४२ अर्ब बढी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ २२, मंगलबार (२ महिना अघि)
  • ६९ पटक पढिएको
नेपाल टेलिकमको एक वर्षको मुनाफा ६ अर्ब २३ करोड – कुल आय ४२ अर्ब बढी

माघ २२, काठमाण्डौँ ।  टेलिकमले एक वर्षमा ६ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा गरेको छ ।

टेलिकमले २१ औं वार्षिकोत्सवकाे अवसरमा जारी गरेकाे तथ्यांकले यस्ताे देखाएकाे हाे।‘कम्पनीको वित्तीय अवस्थालाई नियाल्दा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड छ ।,’ टेलिकमले बताएको छ ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा केही कमी रहेको टेलिकमले बताएको छ । अर्थतन्त्रका सूचक नकारात्मक भएको अवस्थामा पनि कम्पनीले मुनाफा आर्जन गर्न सफल भएको प्रतिवेदनमार्फत कम्पनीले भनेको छ ।

टेलिकमले गत वर्षको आम्दानीबाट सरकारलाई विभिन्न ११ शीर्षकमा ४१ अर्ब ५९ करोड रुपैयाँ कर तथा दस्तुर तिरेको छ ।

कम्पनीले अग्रिम आयकर १ अर्ब ७० करोड, मूल्य अभिवृद्धि कर ३ अर्ब ४६ करोड, दूरसञ्चार सेवा शुल्क ३ अर्ब १४ करोड, स्वामित्व शुल्क ८६ करोड, भन्सार शुल्क १७ करोड, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष शुल्क २ अर्ब १५ करोड फ्रिक्वेन्सी दस्तुर २

कम्पनीले नाफा कमाएवापतको लाभांश ६ अर्ब ५८ करोड सरकारी कोषमा दाखिला गरेको छ भने सम्पत्ति र सवारीसाधन कर ५ करोड ८२ लाख तिरेको छ ।

चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले करिब २० अर्ब १२ करोड आय आर्जन गरिसकेको बताइएको छ । त्यस्तै, टेलिकमको ग्राहक सङ्ख्या २ करोड १२ लाख ४२ हजार बढी पुगेको बताइएको छ ।

जीएसएमतर्फ २ करोड ७ लाख ७४ हजार र पीएसटीएन सेवाका ग्राहक ८७ हजार, एचटीटीफ भ्वाइस सेवा लिने ३ लाख ८० हजार रहेको टेलिकमले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस