आज सेयर बजार राताम्मे, दोहोरो अंकले घट्यो नेप्से परिसूचक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ २४, बिहिबार (२ महिना अघि)
  • ४५ पटक पढिएको
आज सेयर बजार राताम्मे, दोहोरो अंकले घट्यो नेप्से परिसूचक

माघ २४, काठमाण्सेडाैँ । शेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ । गत मंगलबार बजार १४.०८ अंक र बुधवार ४.४५ अंक घटको थियो ।

आज पनि बजार ११.६४ अंक घटेको छ । साताको अन्तिम कारोबार दिन बजार परिसूचक २ हजार ६९९.८१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।बिहीबार फाइनान्स समूह १.५८ प्रतिशत अर्थात् ४२.४४ अंक वृद्धि भएको छ । यी बाहेकका अन्य सबै समुहहरु राताम्य बनेका छन् । बजार दोहोरो अंकले घटेपनि कारोबार रकम भने बढेको छ । आज ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर किनबेच भएको छ ।

आज साहस उर्जा लिमिटेडको सर्वाधिक सेयर किनबेच भएको छ । आज कम्पनीको ३१ करोड ३५ लाख ६४ हजार रुपैयाँ बरारबको सेयर खरिदबिक्री भएको हो ।

यस्तै, नेपाल पुनर्बीमा कम्पनीको २२ करोड २७ लाख ८ हजार, बरुण हाइड्रोपावरको १८ करोड ६९ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस