आज पनि ११ अंकले घट्यो बजार : नेप्से २६७७ मा बन्द, ६ अर्ब ९६ करोडका शेयर खरिदबिक्री

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ २८, सोमबार (२ महिना अघि)
  • ४६ पटक पढिएको
आज पनि ११ अंकले घट्यो बजार : नेप्से २६७७ मा बन्द, ६ अर्ब ९६ करोडका शेयर खरिदबिक्री

माघ २८, काठमाण्डौँ । यो हप्ताको शेयर कारोबारको दोस्रो दिन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा १०.९८ अंकले घटेको छ ।
आज घटेर २६७७.३२ बिन्दुमा बजार बन्द भएको छ । यसदिन ७७ कम्पनीको शेयर बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, ६ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । आज ६ अर्ब ९६ करोड २९ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । आइतबार ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो । आज न्याग्दी पावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा पोजेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले पोजेटिभ सर्किट लागेको नेप्सेले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस