एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडको प्राथमिक शेयर निष्काशनको लागि निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्ति

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ २८, सोमबार (२ महिना अघि)
  • ६२ पटक पढिएको
एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडको प्राथमिक शेयर निष्काशनको लागि निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्ति

माघ २८, काठमाण्डौँ । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले प्रति शेयर अंकित मुल्य रु.१०० दरका २०,८०,००० कित्ताले हुन आउने रकम रु.२०,८०,००,००० (अक्षरुपी वीस करोड असी लाख मात्र) बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

उक्त क्रममा एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस