नेपाल १० वर्षपछि ग्रे लिष्टमा ! के-के मा पर्छ असर ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ फागुन ९, शुक्रबार (१ महिना अघि)
  • २५३ पटक पढिएको
नेपाल १० वर्षपछि ग्रे लिष्टमा ! के-के मा पर्छ असर ?

फागुन ९,काठमाडौँ । नेपाल १० वर्षपछि ग्रे लिष्टमा परेको छ । फाइनान्सिएल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ‘ग्रे’ लिष्टमा समावेश गरको हो ।

नेपाल ग्रे लिष्टमा परेको यो पहिलो पटक भने होइन । यसअघि सन् २००८ मा पनि नेपाल ग्रे लिष्टमा परेको थियो । करिब ६ वर्षपछि नेपाल सो लिष्टबाट निस्केको थियो ।

एशिया प्यासिफिक ग्रुप अन मनि लण्डरिङ (एपीजी) ले सन् २०२४ मा एक प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा नेपालको अवस्थाको बारेका स्पष्ट गरेको छ ।

“प्रकाशित गरेको रिपोर्टमा नेपाल खत्तमै भयो की भनेर भनेको छैनन् । हाम्रा धेरै कुराहरु राम्रो नै छ । रिपोर्टमा सबैभन्दा धरै कुरा कम्प्लायन्समा उठाएको छ । हामीलाई अब कसैले अनुदान दिदैन कोहि पनि लगानीकर्ता आउदैन भन्ने होइन । हाम्रो संसदबाट सम्पति शुद्धिकरण सम्बन्धि ऐनपनि गएको हो । तर त्यो राष्ट्रपतिबाट स्वीकृति नभएको हो । कतिपय कुराहरु प्रकृयामा छन् । यो भनेको मानव निर्मित समस्या हो । हामीले चाहादा सुध्रिन सक्ने विषय हो । हाम्रो वित्तिय कारोबारलाई कानुनी प्ररिधिभित्र राख्न सक्यो भने पुगिहाल्छ । युरोपियन युनियनले नेपाली एयरलाइन्सलाई पनि कालो सूचिमा राखेको छ । यसो भन्दैमा नेपाली जहाज उड्दै उड्दैन भन्ने त होइन नी । भनेको हामीले स्ट्यान्डर्ड मेन्टेन गर्नुपर्छ । सबैभन्दा ठूलो कुरा मानव तस्कर र खराब पैसाले मुलुकमा आउन दिनु हुँदैन । नेपालमा आएको पैसा आतंककारी गतिविधिमा जान सक्छ भन्ने विषय नै मुख्य विषय हो ।” एनआरएन डेभलपमेन्ट फण्डका कार्यकारी अधिकृत (सिइओ) अनलराज भट्टराईले भने ।”

ताजा अपडेट

खोजी गर्नुहोस