सोमबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ फागुन १२, सोमबार (१ महिना अघि)
  • ५८ पटक पढिएको
सोमबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

फागुन १२, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। विनिमय दर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपियाँ ८० पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ४३ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपियाँ ८८ पैसा र बिक्रीदर एक सय ७५ रुपियाँ ६४ पैसा कायम गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपियाँ २२ पैसा र बिक्रीदर एक सय ५४ रुपियाँ ८९ पैसा तय गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ०३ पैसा र बिक्रीदर ८८ रुपियाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ३५ पैसा र बिक्रीदर ९७ रुपियाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ६० पैसा र बिक्रीदर एक सय चार रुपियाँ पाँच पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २७ पैसा र बिक्रीदर नौ रुपियाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०९ पैसा र बिक्रीदर १९ रुपियाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९२ पैसा र बिक्रीदर ३७ रुपियाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९८ पैसा र बिक्रीदर ३८ रुपियाँ १५ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६९ पैसा र बिक्रीदर ३७ रुपियाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ३३ पैसा र बिक्रीदर ३१ रुपियाँ ४७ पैसा तोकिएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६५ पैसा र बिक्रीदर नौ रुपियाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपियाँ र बिक्रीदर १३ रुपियाँ पाँच पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४२ पैसा र बिक्री दर १९ रुपियाँ ५० पैसा निर्धारण भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस