बिमा प्राधिकरण

बिमा प्राधिकरणले आज अध्यक्ष पाउने सम्भावना, शरद ओझासहित ३ जनाको नाम सिफारिस

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ फागुन १२, सोमबार (१ महिना अघि)
  • ८४ पटक पढिएको
बिमा प्राधिकरणले आज अध्यक्ष पाउने सम्भावना, शरद ओझासहित ३ जनाको नाम सिफारिस

फागुन १२,काठमाडौँ । नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले बिमा प्राधिकरणको अध्यक्षको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

सिफारिस समितिले कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाको नाम सिफारिस भएको हो । सिफारिस समितिले पहिलो नम्बरमा शरद ओझा, दोस्रो नम्बरमा रामशरण पुडासैनी र तेस्रो नम्बरमा दामोदर बसौलाको नाम सिफारिस गरेको स्रोतले बतायो ।

मन्त्रिपरिषदको बैठक आज बस्दैछ । यही मन्त्रिपरिषदले यी ३ मध्ये १ जनालाई अध्यक्ष बनाउनेछ । अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ । बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्दैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस