सुनचाँदीको भाउ बढ्यो, अब एक तोला किन्न कतिपर्छ मूल्य ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ फागुन २१, बुधबार (१ महिना अघि)
  • ६२ पटक पढिएको
सुनचाँदीको भाउ बढ्यो, अब एक तोला किन्न कतिपर्छ मूल्य ?

फागुन २१, काठमाडौँ । आज बुधबार सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ ९ सय र चाँदीको भाउ १० रुपैयाँले वृद्धि भएको हो ।
हिजो मंगलबार प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज १ लाख ७० हजार ४ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस दिन प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४६ हजार ९० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ तय भएको छ । यस दिन १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ७२ रुपैयाँ तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस