फागुन २४, काठमाण्डौँ । अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने नेपाली नारीहरुको योगदानको कदर गर्दै उहाँहरुलाई सम्मान गरी मनाएको छ । २०२५ यस वर्षको नारा, “सबै महिला र चेलीबेटीहरूको लागिः अधिकार, समानता, र सशक्तिकरण“ बिषयबस्तुमा आफ्नो ऐक्यबद्घता तथा समर्थन जनाउँदै प्रभु क्यापिटलका प्रबन्ध निर्देशक, आशीष गौचन तथा संचालन विभाग प्रमुख, बसन्ता उपाध्यायले विभिन्न क्षेत्रका नेपाली महिलाहरुलाई उहाँहरुको परिश्रम तथा उपलब्धिको कदर गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउने असाधारण महिलाहरूको रुपमा सम्मानित गर्नुभएका छन् ।
प्रत्येक वर्ष मार्च ८ मा, विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ, जसले महिलाहरूको उपलब्धि तथा योगदानलाई सम्मान गर्नुका साथै हरेक क्षेत्रमा उनीहरूको पूर्ण सहभागिता तथा समान अवसरहरू सुनिश्चित हुनुपर्ने, नारीहरूलाई प्राथमिकतामा राखेर शिक्षा, रोजगारी, नेतृत्वमा पहुँच मार्फत सशक्तिकरणलाई बढावा दिने तथा भेदभाव र हिंसालाई चुनौती दिदै बाधाहरू हटाएर लैङ्गिक समानतालाई प्रवद्र्धन गर्ने उद्येश्य समावेश छ ।