सुनको भाउ तोलामा ५ सय घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ फागुन २७, मंगलबार (१ महिना अघि)
  • ४५ पटक पढिएको
सुनको भाउ तोलामा ५ सय घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

फागुन २७, काठमाडौँ । मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ थियो । फागुन १३ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८४ रुपैयाँ रहेको चाँदी आज १९७० रुपैयाँमा झरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस