आज ह्वात्तै बढेर सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र १, शुक्रबार (१ महिना अघि)
  • ४४ पटक पढिएको
आज ह्वात्तै बढेर सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोवार ?

चैत्र १, काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यसअघिका सबै रेकर्ड तोड्दै सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको थियो । बिहीबार सार्वजनिक बिदा भएकाले मूल्य निर्धारण भएको थिएन । शुक्रबार भने सुनको मूल्य एकैसाथ ४ हजार रुपैयाँ बढेर तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको हो ।
यसअघि सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँको रेकर्ड थियो । उक्त रेकर्ड पनि तोडेर अहिले मूल्य उच्च बन्न पुगेको हो । यसैबिच बुधबार तोलामा २ हजार रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर २ हजार ५० रुपैयाँ कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस