नेप्सेको सीईओ पदका लागि छानिए यी ५ जना

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र ३, आईतबार (१ महिना अघि)
  • ४२ पटक पढिएको
नेप्सेको सीईओ पदका लागि छानिए यी ५ जना

चैत्र ३, काठमाण्डौँ ।  नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि पाँचजना सर्टलिस्ट भएका छन् ।

अर्थ मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई सर्टलिस्ट गरेको हो।

अब समितिले सीईओ पदका लागि संक्षिप्त सूचीमा छनोट भएका आवेदकहरूलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उपस्थित हुन सूचना जारी गरेको छ । उनीहरुको अन्तर्वार्ता आगामी बुधबार बिहान ७ बजेदेखि अर्थ मन्त्रालयमा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस